नेपाली कांग्रेसका सांसद इस्राइल मन्सुरीले हालै आएको असिनाबाट पीडित भएका किसानलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।
मंगलबारको प्रदेशसभा बैठकको शुन्य समयमा उनले फागुन ११ गते राति आएको असिना पानीबाट पीडित भएका किसानहरूलाई राहत दिन सरकारसँग माग गरेका हुन् ।
मन्सुरीले भने ‘हालै आएको असिना पानीबाट सुनसरीका किसानले लगाएको गहुँ बाली, तरकारीलगायतका हिउँदे बालीमा धेरै क्षति पुर्याएको छ । असिनाका कारण पुगेको क्षतिको अनुगमन गरी पीडित किसानलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दछु ।’
फागुन ११ गते राती परेको असिनाका कारण कोशी प्रदेशका सुनसरी, मोरङ, झापालगायतका जिल्लामा किसानहरूले लगाएको हिउँदै वालीलाई क्षति पुर्याएको छ ।
प्रकाशित: १३ फाल्गुन २०८१ १८:२७ मंगलबार