नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको चाहना पहिला प्रधानमन्त्री हुने र त्यसपछि मात्रै १५ औँ महाधिवेशन गर्ने रहेको दाबी गरेका छन्। मङ्गलवार एक कार्यक्रममा बोल्दै पूर्व महामन्त्री कोइरालाले आफू र सभापति देउवाबिचको संवादलाई उद्धृत गर्दै यस्तो खुलासा गरेका हुन्।
‘अधिवेशनको बारेमा मैले शेरबहादुर जीलाई सोधे। उहाँलाई सोध्नुभन्दा पहिला मैले एउटा अन्तर्वार्तामा मैले चुनावभन्दा दुई वर्ष पहिला अधिवेशन गराए राम्रो हो। ०८२ सालमा गरे उपयुक्त हो। यदि त्यसो हुन सकेन भने चुनाव(०८४काे)पछि गराउनुपर्छ भनेको थिएँ,’ कोइरालाले भने, ‘शेरबहादुर जीलाई सोध्दा उहाँले मैले जो दोस्रो विकल्प राख्या थेँ त्यसलाई समात्नुभयो। उहाँको मनोविज्ञान के छ भने पहिला म प्रधानमन्त्री भइहालूँ, अनि खेरी अधिवेशन गराउने।’ आफूले देउवालाई नराम्रो नभनेको पनि उनले बताए।
‘उहाँले भन्नुभयो, शशाङ्कले ठिक भन्नुभयो, चुनावपछि नै अधिवेशन हुनुपर्छ भन्नु भो,’ उनले भने।
प्रकाशित: १३ फाल्गुन २०८१ १७:३२ मंगलबार