२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml १५:४१ अपराह्न
राजनीति

प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरूसँग प्रहरी विधेयकमा रास्वपाको छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रहरी विधेयकको बारेमा प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरूसँग छलफल गरेको छ। 

बुधबार रास्वपाका सांसदहरूले नेपाल प्रहरी क्लब प्रदर्शनी मार्गमा सदनमा टेबल गरिएको नेपाल प्रहरी सम्बन्धी विधेयकबारे  प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरूसँग छलफल गरेको हो।

छलफलमा नेपाल प्रहरीका पूर्व विशिष्ट कर्मचारीहरू प्रकाश अर्याल, कमल सिंह बम, केदार साउद, बम बहादुर भण्डारी र सुरेन्द्र शाह सहभागी थिए।

त्यस्तै रास्वपाका सांसदहरु डा.चन्दा कार्की,  मनिष झा, सुमना श्रेष्ठ, गणेश पराजुली, अशोक चौधरी, लक्ष्मी तिवारी र बिन्दबासिनी कंसाकार लगायतका सहभागी थिए। 

प्रकाशित: ७ फाल्गुन २०८१ १७:५२ बुधबार

खुशी 100 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App