२४ चैत्र २०८१ आइतबार
image/svg+xml १७:२३ अपराह्न
राजनीति

संक्रमण हुने भन्दै उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यसँगको भेटघाटमा रोक

पोखरामा बेलुन विस्फोट हुँदा घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको भेटघाटमा अस्पतालले रोक लगाएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै भेटघाट पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको हो ।

उनीहरूको अवस्था हाल सामान्य भए तापनि संक्रमण हुने भएकाले भेटघाट पूर्ण रूपमा बन्द गरिएको छ अस्पतालले बताएको छ। 

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा हाइड्रोजन बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य शनिबार घाइते भएका थिए ।

प्रकाशित: ४ फाल्गुन २०८१ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App