१९ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरे पनि खुल्लमखुल्ला छ भन्ने कानुन ल्याऔँ : शाही

'ओली सरकारका प्रति कांग्रेस किन बोल्दैन ?'

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले आफ्नाहरूलाई जोगाउने मात्रै काम गरिरहेको आरोप लगाएका छन्।

मङ्गलबार (आज) जारी संसद् बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्।

लुम्बिनी प्रदेशका सांसद रेखा शर्मालगायतका नेकपा (एमाले) नेताहरूको सन्दर्भ कोट्याउँदै उनले भने, 'म अनुरोध गर्न चाहन्छु- ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरे पनि यो देशमा खुल्लमखुल्ला छ भनेर कानुन ल्याऔँ।'

उनले अब दुई/दुईवटा ल्याउनुपर्ने भन्दै व्यङ्ग्य गरे। 'अब ओली सरकारको र नेपाल सरकारको कानून ल्याऔँ। प्रहरी पनि ओली सरकारको र नेपाल सरकारको भनेर बनाऔँ। महान्यायाधिवक्ता, प्रधानन्यायाधीश सबै दुई दुईवटा बनाऔँ,' उनले भने।

उनले ओली सरकारमा नेपाली कांग्रेस चुप लागेर बसिरहेको बताए। 'बीपी बाँचिरहेको भए उहाँ कांग्रेस छाडेर हिँडिसक्नुहुन्थ्यो होला,' उनले भने।

प्रकाशित: २९ माघ २०८१ १७:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App