५ चैत्र २०८१ मंगलबार
image/svg+xml
राजनीति

महेश भन्छन्: ‘बालेन भाइले कस्तो सिटी बनाउन खोजेको हो बुझिनसक्नु छ’

टेकुमा आइतबार नगर प्रहरी र कवाडी व्यवसायीबीच झडप हुँदा पाँच जना घाइते भए।

काठमाडौं महानगरपालिकाले कवाडी गोदाम हटाउने क्रममा बल प्रयोग गरेर व्यवसायीलाई विस्थापित गर्न खोजेको आरोप लागिरहेको छ। यसै विषयमा एमाले नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत मेयर शाहको नीति र कार्यशैलीप्रति प्रश्न उठाएका छन्।

‘टेकुमा कवाडी गोदाम हटाउन पुगेको महानगर प्रहरीलाई व्यवसायीहरूले अवरोध गर्न खोजेपछि झडप भएको छ। दुई जना कवाडी व्यवसायी र दुई जना नगर प्रहरी घाइते भएका छन्,’ बस्नेतले लेखेका छन्, ‘व्यवसायी र गरिबहरूलाई विस्थापित गरेर नगर प्रहरीले अवान्छित ढंगले बल प्रयोग गरी लखेट्न लगाएर बालेन भाइले कस्तो ब्यालेन्स सिटी बनाउन खोजेको बुझिनसक्नु छ।’

काठमाडौं महानगरको नगर प्रहरी बलका अनुसार नगर प्रहरीले अवैध संरचना हटाउने क्रममा व्यवसायीले बोत्तल प्रहार गरेपछि दोहोरो झडपको स्थिति आएको थियो।

महानगर प्रहरीको टोली डोजर लिएर कवाडी संकलन केन्द्र भत्काउन पुगेपछि व्यवसायीहरू विरोधमा उत्रिएका थिए। नगर प्रहरी बलका अनुसार प्रहरीले टोलीले अवैध संरचना हटाइरहँदा कवाडी व्यवसायीले प्रहरीमाथि सिसाको बोत्तल प्रहार गरेका थिए। सोक्रममा प्रहरीले आत्मरक्षाका लागि बल प्रयोग गरेको थियो।

उनीहरूले आफ्नो व्यवसाय हटाउन नदिने अडान लिएपछि स्थिति तनावग्रस्त बनेको थियो।

नगर प्रहरीले व्यवसायीलाई विस्थापित गरेर बल प्रयोग गरिरहेको भन्दै कतिपयले विरोध जनाइरहेका छन् भने महानगरले अनधिकृत संरचना हटाउनुपर्छ भन्ने अडान राखेको छ।

प्रकाशित: २७ माघ २०८१ २०:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App