नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पछिल्लो पटकको सरकार फेरबदलअघि केपी शर्मा ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री चाहियो भनेको भए दिने दाबी गरेका छन्। शनिवार पार्टीको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो दाबी गरेका हुन्।
‘एउटा सरकार चलिरहेको थियो, त्यो सरकार रातारात बदलियो। बदल्नुपर्ने कारण के थियो?,’ अध्यक्ष नेपालले भने, ‘त्यसको औचित्य के थियो? दुई वटा कम्युनिस्ट पार्टी मिलेर सरकार चलाइरहेको अवस्थामा त्यो सरकार हटाउनुपर्ने कारण के परेको थियो ?’
त्यति बेला ओलीसँग गठबन्धन फेर्नुपर्ने कुनै कारण नभएको उनले दाबी गरे । ‘प्रधानमन्त्री पद नै चाहिएको थियो भने प्रचण्ड जीसँग कुरा गरेको भए त्यो पद पनि दिनुहुन्थ्यो, बार्गेनिङ गरेको भए,’ नेपालले भने। यदि दाहालले नछाडे पनि आफूलाई भनेको भए मान्ने अवस्था रहेको पनि उनले बताए ।
‘नछोडेको भए हामीलाई पनि भनेको भए, फेरि एउटा प्रधानमन्त्रीको सङ्ख्या थप्नु छ भनेको भए, बनाइदिनुस् भनेको भए मान्थ्यौँ होला,’ अध्यक्ष नेपालले भने।
प्रकाशित: २६ माघ २०८१ १३:१९ शनिबार