१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

वित्त आयोगको वार्षिक प्रतिवेदन पेस

प्रतिनिधिसभामा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९-८० र संसदीय समितिका तीन प्रतिवेदन पेस भएका छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन, २०७९-८० सभासमक्ष पेस गरेका हुन् ।

यसैगरी अर्थ समितिका सभापति सन्तोष चालिसेले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गरे । प्रतिवेदन पेश गर्दै उनले समितिमा २८ बुँदामा संशोधन प्रस्ताव आएकामा तीन बैठकमा छलफल गरी प्रतिवेदन तयार पारिएको जानकारी गराए ।

यसैगरी सभापति चालिसेले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन पनि सभासमक्ष पेस गरे ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ सभा समक्ष पेस गरे । 

प्रकाशित: २४ माघ २०८१ १९:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App