१२ वैशाख २०८३ शनिबार
image/svg+xml
राजनीति

गाजा क्षेत्र अमेरिकाले कब्जा लिने ट्रम्पको घोषणाप्रति माओवादी केन्द्रको भर्त्सना

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइन अन्तर्गतको गाजा क्षेत्रलाई अमेरिकाले कब्जामा लिने र त्यहाँ रहेका प्यालेस्टिनी जनतालाई विश्वको अन्य स्थानमा बसोबासको लागि पठाउने घोषणा प्रति माओवादी केन्द्रले भर्त्सना गरेको छ।

अन्तर्राष्ट्रिय कानुन र मानव सभ्यताको धज्जी उडाउने ट्रम्पको यो कथित प्रस्तावको विश्वका सबै मुलुकहरू र जनताले सम्पूर्ण एकता एवं दृढताका साथ अस्वीकार गर्न पनि केन्द्रले आग्रह गरेको छ।

संयुक्त राष्ट्रसंघ द्वारा पारित दुई सार्वभौम राज्यको नीतिलाई व्यवहारमा लागू गरेर युद्ध विरामलाई निरन्तरता दिन पनि केन्द्रले भनेको छ।

त्यस्तै सरकारले तत्काल स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीति अनुरूप यस विषयमा आफ्नो दृष्टिकोण ,नीति र धारणा सार्वजनिक गर्न पनि माओवादी केन्द्रले माग गरेको छ। 

प्रकाशित: २४ माघ २०८१ १६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App