२ कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक संसद्‌मा पेस गर्न सरकारको स्वीकृति

मन्त्रिपरिषद् बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति प्रदान गरेको छ। 

शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति प्रदान गरेको बताए ।

बैठकले आर्थिक वर्ष २०८१/८२ को व्यवस्थापन परीक्षणको वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ।

प्रकाशित: ३० आश्विन २०८३ १४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App