राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश आचार्यले कानुनले तोकेका सूचना नागरिकले सहजै पाउनुपर्ने बताएका छन्। राष्ट्रिय सूचना आयोगद्वारा आयोजित स्थानीय तहसँग सूचनाको हकसम्बन्धी अन्तर्क्रियामा प्रमुख आयुक्त आचार्यले सो कुरा बताएका हुन्। उनले सूचनाको हकसम्बन्धी कानुन अनुसार सबै नागरिकले स्थानीय तहसहित सार्वजनिक निकायका सूचना सहजै प्राप्त गर्न पाउने अधिकार भएकाले सूचना उपलब्ध गराउन आनाकानी गर्न नमिल्ने जानकारी दिए।
नियमअनुसार सूचना मागे ‘नागरिकले सूचना पाउँछ, दिनुपर्छ’, उनले भने, ‘नागरिकले मागेको सूचना नदिए आयोगले कारबाही गर्छ। सूचना लिने व्यक्तिले पनि सूचनाको गलत प्रयोग गरे कडा कारबाही हुने आयोगको भनाइ छ।
प्रमुख आयुक्त आचार्यले प्रत्येक कार्यालयमा दोस्रो वा तेस्रो पदीय दायित्व भएका कर्मचारी सूचना अधिकारी तोकेर काम गर्नुपर्ने जनाए। सुनकोसी गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहालले स्थानीय तहमा सूचनाको हकसम्बन्धी अन्तर्क्रियाले सूचनाको हक विद्यमान कानुनका सन्दर्भमा थप जानकारी भएको बताए।
‘हामीले नियमअनुसार माग भएका सूचना सधैं सहजै उपलब्ध गराएका छौं’, उनले भने, ‘कुनै–कुनै सूचना गलत मनसाय राखेर दुःख दिने नियतले पनि माग गर्ने गरेका छन्, तर हामीले असल नियतका साथ माग गरेका सबै सूचना सहजै उपलब्ध गराएका छौं।’
सो अवसरमा उपस्थित सिन्धुली क्षेत्र नम्बर २ का संघीय सांसद लेखनाथ दाहालले सूचना आयोगले सूचनाको हकसम्बन्धी सचेतना तथा अन्तत्र्रिmया कार्यक्रम सबै स्थानीय तहमा गरी सचेत गराउनुपर्ने जनाए। उनले सूचनाको असल प्रयोगले ज्ञानको वृद्धि हुने भन्दै सूचना सबैले राख्नुपर्ने बताए।
प्रकाशित: १७ माघ २०८१ ०९:२३ बिहीबार