६ माघ २०८१ आइतबार
image/svg+xml
राजनीति

रास्वपालाई मुकुलको सुझाव: रवि दाइ आफैँ लड्न सक्षम हुनुहुन्छ, तपाईँहरू काममा फर्किनुस्

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कसित भएका महामन्त्री मुकुल ढकालले पार्टी सहस्यहरुलाई जनताको काममा लाग्न सुझाव दिएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेकोले त्यसका लागि तयारी गर्न आग्रह गरेका छन्।

'पार्टी सभापति अदालती प्रक्रियामा व्यस्त रहँदा पार्टीले आफ्नो नियमित काम बिर्सिएको जस्तो आभास भइरहेको छ,' उनले लेखेका छन्, 'सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ । त्यसैले कुनै पनि बहाना नबनाई जनताको काममा हामी फर्कनै पर्छ ।'

उनले रास्वपा सदस्यहरुलाई आ-आफ्नो तहमा छलफल गर्न र त्यसपछि त्यसपछि तयार पारिएका मुद्दाहरूलाई माथिल्लो निकाय हुँदै केन्द्रीय कार्यालयमा पठाउन अनुरोध गरेका छन्।

'तपाईंको क्षेत्रका जनताको मुद्दाहरूलाई उठाउने विषयमा स्थानीय बुद्धिजीवी र जनतालाई पनि समेटेर छलफल गर्नुहोस् । त्यसपछि तयार पारिएका मुद्दाहरूलाई माथिल्लो निकाय हुँदै केन्द्रीय कार्यालयमा पठाउनुहोस्,' उनले लेखेका छन्, 'केन्द्रीय कार्यालयले ती मुद्दाहरूलाई संसदीय दलमार्फत छलफल गरी संसदमा उठाउने सिस्टम पहिल्यै बनाइएको थियो । यो सिस्टमलाई पुनः जागृत गर्नुहोस् र संसदमा जनताको आवाज पुर्‍याउन आजैबाट पहल थाल्नुहोस् ।'

पार्टी सभापति रवि लामिछाने आफ्नो अदालती मुद्दा लड्न सक्ने भएकोले पार्टीलाई जीवन्त राख्ने काम गर्न उनले आग्रह गरेका छन्। उनले लेखेका छन्, 'रवि दाइ आफ्नो अदालती लडाइँ आफैँ लड्न सक्षम हुनुहुन्छ । यति बेला, हाम्रो कर्तव्य भनेको पार्टीलाई जीवन्त राख्दै जनताको मुद्दा उठाउनु हो । यो जिम्मेवारी हामीले कुनै हालतमा बिर्सनु हुँदैन ।'

प्रकाशित: ६ माघ २०८१ ११:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App