मधेस प्रदेश सरकारले सहिदहरूको स्मरणमा वृक्षरोपण गरेको छ। आइतबार बिहान मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको नेतृत्वमा वृक्षरोपण कार्यक्रम भएको हो।
माघ ५ गते बलिदानी दिवस मनाइएको थियो। सोही स्मरणमा आज बिहान जनकपुरको मधेस भवन परिसरमा २५ वटा वृक्षरोपण गरेको मन्त्री लेखीले जानकारी दिए। सहिदहरूप्रति सम्मान व्यक्त गर्दै वृक्षरोपण गरिएको उनको भनाई छ।
उनले भने, ‘बलिदानी दिवसको अवसरमा हामी केही दिन यता विभिन्न कार्यक्रम गर्दै आएका छौँ। आज बिहान मधेस भवन परिसरमा सहिदहरूप्रति सम्मान व्यक्त गर्दै, सहिदहरूको चीर शान्तिको कामना गर्दै मधेस भवन परिसरलाई स्वच्छ, हराभरा बनाउन वृक्षरोपण कार्यक्रम गरेका छौँ। आज २५ बिरुवा रोपेका छौँ।’
उनले सहिद प्रतिष्ठानलाई समायानुकुल बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन्।
प्रकाशित: ६ माघ २०८१ १०:५५ आइतबार