रुसका पूर्व राष्ट्रपति एवं हालको सुरक्षा परिषद्का उपाध्यक्ष दामित्री मेदभेदेभले रुस र अमेरिकाबिचको सम्बन्ध पूर्ण रूपमा सामान्यीकरण हुन असम्भव रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकाल सकिन लागेका बेला आइतबार एक्स(ट्विटर)मा अभिव्यक्ति सार्वजनिक गर्दै मेदभेदेभले यस्तो टिप्पणी गरेका हुन् ।
‘हिँड्दाहिँड्दै मृत्यु भएजस्ता जो(जो वाइडेन) गइसकेका छन्। जाँदाजाँदै उनले आफ्नो उत्तराधिकारीका लागि एउटा दुःखद विरासत छोडे,’ मेदभेदेभले लेखेका छन्,‘परिस्थिति यस्तो छ, अमेरिका र रुसबिचको सम्बन्ध पूर्ण सामान्यीकरण असम्भव छ ।’
प्रस्ट भन्नपर्दा ‘अमेरिकासँगको सम्बन्ध सामान्यीकरणको आवश्यकता छ कि छैन भन्ने कुरा पनि स्पष्ट नरहेको’ मेदभेदेभले लेखेका छन् ।
प्रकाशित: ६ माघ २०८१ १७:५७ आइतबार