नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशप्रतिको नकारात्मक भाष्य बदल्न जरुरी रहेको बताएका छन्।
आज (शनिबार) विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय युवाहरूमा देखिएकाे देशप्रतिको नकारात्मक भाष्य बदल्न जरुरी रहेको बताएका हुन्। दाहालले भने, 'एक थरिले देशमा बसेर के नै हुन्छ र भन्ने नकारात्मक भाष्य बनाउने कोसिस गरिरहेका छन्, यसलाई बदल्न जरुरी छ।' सबै जातजाती, भाषाभाषी र सबैकाे पहिचानको सम्मानसहितको नयाँ राष्ट्रिय एकता अवश्यक रहेको उनले बताए।
उनले राष्ट्रिय एकता बलियो बनाउनेभन्दा कमजोर बनाउने प्रवृत्ति पनि देखिएको बताउँदै देशलाई केही वर्षभित्रै समृद्ध बनाउने प्रसशस्तै सम्भावना रहेको स्पस्ट पारे।
प्रकाशित: ५ माघ २०८१ १३:३४ शनिबार