कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको सोमबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख धरौटीमा छुटेपछि रवि आइतबार काठमाडौं अदालतमा उपस्थित भएका थिए । आइतबार उनको बयान मात्रै भयो ।
बयानपछि न्यायाधीश माधवप्रसाद अधिकारीले रविलाई साँझ काठमाडौं जिल्ला प्रहरी परिसरमा न्यायिक हिरासतमा पठाइएको थियो । त्यसपछि आज(सोमबार) अदालतमा उनको थुनछेक बहस सुरु भएको छ ।
यता थुनछेक बहस सुरु हुँदै गर्दा रविकी पत्नी निकिता पौडेलले पती रविलाई रातो टीका लगाइदिएकी छन् । सोमबारबाट स्वस्थानी व्रत आरम्भ भएकाले त्यसको टीका रविलाई लगाइदिएको उनले भनेकी छन् ।
प्रकाशित: २९ पुस २०८१ ११:५९ सोमबार