२७ पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

भीम रावलको प्रश्न: केपी ओली राजावादी कि म राजावादी ?

नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले आफू राजावादी नभएको बताएका छन् । शनिवार राप्रपा नेपालले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै रावलले यस्तो बताएका हुन् । 

पत्रकारले तपाइले कम्युनिस्ट रहेन भन्नुभयो ? राजावादी भएको आरोप छ नि ? भन्ने प्रश्नको उत्तर दिँदै रावलले भने, ‘यो बामालेहरुले गरेको गलत व्याख्या हो । मैले के भन्या थिए भने उहाँहरूले तपाईँ कम्युनिस्ट हो कि होइन भन्दा नेकपा एमालेको नेताको हैसियतले, कम्युनिस्ट पार्टीको नेताको हैसियतले म छैन भनेको हुँ ।’ आफूले मार्क्सवादी विश्व दृष्टिकोण भने नछाडेको उनले बताए । ‘सँगै मैले जुन मार्क्सवादी विश्व दृष्टिकोण अपनाएँ त्यो मैले त्यागेको छैन भनेको हुँ,’ उनले भने । 

प्रधानमन्त्री केपी ओली आफू राजावादीसँग साँठगाँठ गर्ने तर, आफूमाथि राजावादीको आरोप लगाउने पनि रावलले बताए । उनले भने, ‘आफू राजावादीसँग साँठगाँठ गर्ने अनि मलाई कम्युनिस्ट होइन भन्दिएपछि जस्तो कमल थापा जी छन् नि अहिले भर्खर यहाँ केपी ओली देखेँ ल्याएको । उहाँ राजावादी कि म राजावादी ? उहाँ किन आउनुभयो यहाँ ?’ 

आफू देशभक्त, राष्ट्रवादी शक्तिहरूको एकतामा जोड दिइरहेको उनले बताए । 

प्रकाशित: २७ पुस २०८१ १६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App