२७ पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभइ विश्वव्यापी साझा होः अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभइ विश्वव्यापी साझा मुद्दा भएको बताएका छन्।

शनिाबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताए। उनले यसका असरहरू आर्थिक, सामाजिक एवं पूर्वाधारका क्षेत्रमा समेत प्रष्ट रूपमा देखिँदै आएको जिकिर गरे।  

मन्त्री पौडेलले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै मुलुकहरू मिलेर समाधानका प्रयासहरू गर्नुपर्ने बताए। उनले जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेको उल्लेख गरे।

नेपालले आफ्नो श्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण र अनुकूलनका लागि गरेको प्रयास महत्वपूर्ण रहेको बताए। आर्थिक वृद्धिको इन्जिनको रूपमा रहेको अन्तर्राष्ट्रिय व्यापारमा समेत जलवायु परिवर्तनले प्रतिकूल प्रभाव पारेको उल्लेख गरे।

अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा आएको र आउनसक्ने चुनौतीलाई सामना गर्ने गरी क्लाइमेट स्मार्ट एग्रिकल्चरको प्रभावकारी कार्यान्वयनको रणनीति बढाउन आवश्यक रहेको बताए। जलवायु परिवर्तनले नेपालको प्रचुर सम्भावना भएको स्वच्छ ऊर्जाको उत्पादन, विकास एवं अन्तरक्षेत्रीय व्यापारमा समेत असर पार्ने भएकाले असर न्यूनीकरणमा अन्तर्राष्ट्रिय साझेदारी र सहयोग महत्वपूर्ण रहेको बताए।

व्यापार सम्बद्ध पूर्वाधारमा नयाँ प्रविधिको प्रयोग गरी उत्थानशील बनाउनेतर्फ थप क्रियाशीलता अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित: २७ पुस २०८१ १२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App