२७ पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

सांसद शाही र पूर्वसचिव उपाध्यायबीच 'जुहारी'

नेकपा (एमाले) का सांसद दयालबहादुर शाही र नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायबीच फेसबूकमा 'जुहारी' चलेको छ।

गत बुधबार सांसद शाहीले फेसबूकमा पूर्वसचिव उपाध्यायको पेन्सन रोकिदिने 'धम्की'सहितको एक पोस्ट् गरेका थिए। त्यहाँ पूर्वसचिव उपाध्यायले टिप्पणी गरेका छन्।

'पूर्वसचिव भीम उपाध्यायको एमालेविरोधी हर्कतले सीमा नाघ्यो। राज्यले दिएको पेन्सन खाएर एमालेका नेताहरूको तेजोवध गर्ने सिलसिला हेर्दा यस्ताको सुविधा रोक्का गर्ने ऐन बनाउनुपर्ने आवश्यकता देखियो,' सांसद शाहीले आफ्नो पोस्ट्मा लेखेका छन्।

जवाफमा पूर्वसचिव उपाध्याय लेख्छन्, 'तिमीहरूलाई दिएको तलब कसले हो ? देश लुट्न दिएको हो तलब ? अझै लाज लाग्दैन ? कति गन्हाउन सकेको ? ९९५ जनताले छि-छि गरिसके, सोसल मिडियामा कमेन्ट पढिन्न ? कि पढ्न आउदैन ? हुन त पढ्ने बेलामा तरूनीहरूको पछि लाग्दैमा जुग बित्यो होला। देश चलाउन गिदी चाहिन्छ बाबै, नेताको तेल मालिस गरेर त यस्तै मति बन्छ।'

त्यहाँ सांसद शाहीले थप जवाफ दिएका छन्। 'हरेक समाजमा सती साधवी पनि हुन्छन्। इमान, निष्ठा र सत्चरित्रप्रतिको मेरो तपबारे मेरा विरोधीलाई सोध्नू। मेरो डिग्रीबारे त्रिविलाई सोध्नू।आफूलाई मात्र श्रेष्ठ नठान्नू। वहुरत्ना बसुन्धरा अर्थात् पृथ्वी अनेकौं मानव रत्नले हराभरा छ भन्ने सत्यलाई नकुल्चनू। मातृभूमिलाई दण्डनीतिको मेरुदण्डमा उभ्याएर तपाईंजस्तो चौराहाको साँढेलाई गोरु चुटाइको उपहार दिन मेरो सिंगो जीवन जनदेवताको उपासनामा लगाइनेछ,' उनले लेखेका छन्।

यसअघि गत मङ्गलबार पूर्वसचिव उपाध्यायले एमाले सचिव लेखराज भट्टले पार्टी त्यागेको आफ्नो फेसबूकमा लेखेका थिए। पछि त्यो होइन भन्ने पुष्टि भएपछि उनले माफीसमेत मागेका थिए। तर, पछि सांसद शाहीले यस्तो पोस्ट् गरेपछि पूर्वसचि उपाध्याय चिढिएका हुन्।

प्रकाशित: २६ पुस २०८१ १७:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App