११ माघ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

खाएको थालमा चुठ्नु राम्रो होइन, गएपछि सराप्ने संस्कार वाहियात : बाँस्कोटा

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टी छोडेर जाने नेताप्रति लक्षित कटाक्ष गरेका छन्। आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले स्वार्थ पूरा गरेर जानेहरूले खाएको थालका चुठेको भनेका छन्। 

बाँस्कोटाले लेखेका छन्, ‘मान्छेको वास्तविक परिक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकाङ्क्षामा होइन, सङ्कट, त्याग र सङ्घर्षको समयमा हुन्छ। आफ्नै लागि आउनेहरू आए सकेजति लाभ लिए र गए। हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यू चोली लगाएर बढाए। खाएको थालमा चुठ्नु राम्रो होइन, झन गएपछि सराप्ने संस्कार वाहियात नै हो।’ 

उनको यो बयान पूर्व प्रहरी प्रमुख समेत रहेका एमाले नेता सर्वेन्द्र खनालले पार्टी छोडेको घोषणापछि आएको हो। यसअघि एमालेले भीम रावलसहितका नेतामाथि कारबाही गरेको थियो। त्यसपछि गत बुधबार पत्रकार सम्मेलन गर्दै नेता रावलले पार्टी नेतृत्व विशेष गरी अध्यक्ष केपी शर्मा ओलीमाथि दर्जनौँ प्रश्न गर्दै असन्तुष्टि पोखेका थिए। 

प्रकाशित: २१ पुस २०८१ ११:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App