गृहमन्त्री रमेश लेखकले शेरा दरबारको जग्गाको दोषीलाई कारबाही हुने बताएका छन्।
बिहीबार बसेको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री लेखकले शेरा दरबारको जग्गाको दोषीलाई कारबाही हुने बताएका हुन्।
बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरा दरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका थिए । ‘शेरा दरबारबारे भएको के हो रु गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ’, एमाले सांसद घिमिरेले भनेका थिए ।
त्यसको जवाफ दिँदै गृहमन्त्रीले भने,'शेरा दरबारको जग्गा गलत ढंगले कुनै व्यक्ति र कम्पनीको नाममा गएको छ भने त्यो फिर्ता हुन्छ। गम्भीरतापूर्वक अनुसन्धान भएको छ।'
बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शेरा दरबार जग्गा कानुन विपरीत भए फिर्ता ल्याउनुपर्ने बताएका छन्। दाहालले शेरा दरबार जग्गा कानुन विपरीत भए फिर्ता ल्याउन सरकारलाई आग्रह गरेका हुन्।
दाहालले भने, ‘शेरा दरबारको जग्गाबारे कानुन विपरीत काम भएको छ भने फिर्ता ल्याइयोस्, म सरकारलाई धन्यवाद भन्छु।’
प्रकाशित: १८ पुस २०८१ १३:३१ बिहीबार