२० पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

भीम रावलले आज आफ्नो आगामी राजनीतिक यात्रा तय गर्ने

नेकपा एमालेबाट यही पुस १० निकालिएका प्रभावशाली नेता भीम रावलले आज आफ्नो आगामी राजनीतिक यात्रा तय गर्नेछन्। 

पूर्वउपप्रधान तथा गृहमन्त्री रावलमाथि पार्टीविरोधी काममा संलग्न भएको भन्दै एमालेले कारबाही गरेको थियो। यसबीच रावलले नयाँ दल खोल्ने चर्चा भइरहेको छ। उनीनिकट श्रोतका अनुसार रावलको पार्टी कम्युनिष्ट र कांग्रेसको मिश्रण हुनेछ।  

रावललाई एकीकृत समाजवादीले पनि पार्टी प्रवेशको आह्वान गरिसकेको छ। सो पार्टीका महासचिव घनश्याम भुसालले एक सार्वजनिक कार्यक्रममार्फत नै एमाले अध्यक्ष तथा अहिलेका प्रधानमन्त्री ओलीको चाकडी नगर्दा रावललाई पार्टीबाट निकालिएको भन्दै नेकपा एसमा जोडिन अनुरोध गरेका थिए। 

यी सबै अड्कलबीच रावलले आज दिउँसो १ बजे काठमाडौंको कार्की ब्याङ्क्वेटमा गर्न लागेको पत्रकार सम्मेलनबाट जवाफ मिल्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १७ पुस २०८१ ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App