२५ चैत्र २०८१ सोमबार
image/svg+xml ७:१६ पूर्वाह्न
राजनीति

बाबुरामलाई भेट्न पुगिन् सोविता, के भयो छलफल ?

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ।

मंगलबार भट्टराई निवासमा उनीहरुबिच भेटवार्ता भएको हो। भेटमा देशमा वैकल्पिक राजनीति लगायतका विषयमा छलफल भएको नेसपा अध्यक्ष भट्टराईले बताए।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘रास्वपा युवा सांसद सोबिता गौतम र युवा उद्यमी गृहेन्द्र घिमिरे दम्पत्तिसँग देशको अर्थ/राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्य लगायत विविध विषयमा उपयोगी विमर्श।’

त्यसो त भट्टराईले पोखरा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेटेका थिए। भेटपछि उनले सरकारले लामिछानेमाथि प्रतिसोध राखेको प्रतिक्रिया दिएका थिए।  

प्रकाशित: १६ पुस २०८१ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App