नेकपा (एमाले) ले निष्कासन गरेको नेता डा. भीम रावलले क्षेत्रीय पार्टी नखोल्ने बताएका छन् ।
उनका सहयोगी एकिन्द्र कुँवरका अनुसार नेता रावलले यस्तो बताएका हुन् ।
'म क्षेत्रीयतामा विश्वास गर्दिनँ । मलाई देशभरका साथीहरूले उहाँहरूको आवाज उठाउने व्यक्तिका रूपमा लिनुभएको छ, यसलाई म सम्मान गर्छु । म क्षेत्रीय पार्टी खोल्दिनँ,’ नेता रावललाई उद्धृत गर्दै कुँवरले भने ।
पूर्वउपाध्यक्षसमेत रहेका नेता रावललाई एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
यसपछि उनले नयाँ पार्टी खोल्नेगरी तयारी गरेको बताइएको छ । यहीबेला उनले क्षेत्रीय पार्टी नखोल्ने बताएका हुन् ।
प्रकाशित: १२ पुस २०८१ १७:०७ शुक्रबार