११ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसदका चार समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज संघीय संसदका चार वटा समितिको बैठक सिंहदरबारमा बस्दैछ। जसअनुसार अर्थ समितिको बैठक बिहान ११:०० बजे बोलाइएको छ। बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल हुने छ।  

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भने दिउँसो १:०० बजे बोलाइएको छ। यस बैठकमा ​सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा मुख्य र प्रमुख सचेतक, सचेतकहरू छलफल गरिनेछ।

साथै पूर्वाधार विकास समितिको बैठक बिहान ११:०० बजेबाट सुरु हुनेछ। बैठकमा पुरानै अजेन्डा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ। भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुरानै विषय शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी छलफलले निरन्तरता पाउनेछ। यो बैठक दिउँसो १:०० बजे बोलाइएको छ।

प्रकाशित: ११ पुस २०८१ ०७:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App