८ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

माओवादीले माग्यो लेखा समिति सभापतिको पोखरेलको राजीनामा

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संसद्को लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ ।

सोमबार (आज) बसेको समितिको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद अमनलाल मोदीले लेखा समिति सभापति पोखरेलको राजीनामा माग गरेका हुन् ।

उनले भने, 'चेक एन्ड ब्यालेन्सको कुरा छ । लेखा समितिको सभापति प्रतिपक्षीको हुने अभ्यास छ । तपाईं आफैँ सरकारको नेतृत्वकर्ता दलको हुनुहुन्छ । सरकारको छायाँ यो समितिमा परेको भनेर प्रश्न पनि उठिरहेको छ । यसकारण यहाँले मार्गप्रशस्त गरेको राम्रो हुन्छ ।’

उनले विगतका गलत अभ्यासलाई देखाएर त्यसलाई निरन्तरता दिन नहुने बताए । 'त्यसैले समितिको नेतृत्व प्रमुख प्रतिपक्षीलाई दिँदा राम्रो हुन्छ ।'

त्यसो त लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीको हुने अभ्यास छ । नेकपा (एमाले) प्रमुख प्रतिपक्ष हुँदा एमाले सांसद पोखरेल सभापति भएका थिए । तर, पछि एमाले सत्तासीन बनेपछि पनि पोखरेल नै सभापति छन् । यसपछि माओवादी केन्द्रले उनको राजीनामा मागेको हो ।

यो पनि पढ्नुहोस्

माओवादीले माग्यो ऋषिकेश पोखरेलको राजीनामा

प्रकाशित: ८ पुस २०८१ १४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App