प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले संसद्को लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ ।
माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्र आङ्बोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै पोखरेलको राजीनामा मागेका हुन् ।
सभापति पोखरेलकी पत्नी अञ्जला कोइराला मोरङको धनपालथान गाउँपालिका ३ को उमागौरी सहकारीको रकम अपचलनमा मुछिएकी छन् । उनीविरुद्ध गत पुस २ गते पक्राउ पुर्जीसमेत जारी भइसकेको छ ।
यसपछि माओवादीले राजीनामा मा गरेको हो । ‘लेखा समिति सभापतिकी पत्नी भएकै कारण उहाँ अनुसन्धानको दायरामा नआउनुभएको हो । शक्तिको चलखेल भएर प्रहरीले नियन्त्रणमा लिएको छैन । त्यसैले सभापति पोखरेलले लेखा समितिबाट राजीनामा दिएर पत्नीलाई अनुसन्धानको दायरामा ल्याउने बाटो खोल्नुपर्छ,' आङ्बोले भने ।
सभापति पोखरेल मोरङ २ बाट निर्वाचित एमाले सांसद हुन् ।
प्रकाशित: ४ पुस २०८१ १८:५३ बिहीबार