४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

संघीयता कार्यान्वयनसँग जोडिएका कानूनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छुः सभामुख घिमिरे

फाइल तस्बिर

सभामुख देवराज घिमिरेले संघीयता कार्यान्वयनसँग जोडिएका कानूनहरूको निर्माण गर्न सक्रियतापूर्वक लागिरहेको बताएका छन्।

बिहीाबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सबै क्षेत्र, लिङ्ग, भाषा, धर्म, संस्कृति, अल्पसंख्यक समुदाय आदिलाई समेत सम्बोधन हुने गरी विकास तथा सेवाको ढाँचा निर्माणदेखि कार्यान्वयनमा ध्यान दिँदै जानु नै संघीयताको सफल कार्यान्वयनको सूचक भएको उल्लेख गरे। उनले भने, ‘सबै क्षेत्र, लिङ्ग, भाषा, धर्म, संस्कृति, अल्पसंख्यक समुदाय आदिलाई समेत सम्बोधन हुने गरी विकास तथा सेवाको ढाँचा निर्माणदेखि कार्यान्वयनमा ध्यान दिँदै जानु नै संघीयताको सफल कार्यान्वयनको सूचक पनि हो।'

सभामुख घिमिरेले तीन तहकै सरकार बीचको अधिकार बाँडफाँट र कार्यान्वयनमा धेरै मतभेद नरहेको बताए। उनले संघीयता कार्यान्वयनको सुरुवाती अवस्थादेखि रहेका केही कमी, कमजोरीहरू अहिले कार्यान्वयनको क्रममा समाधान हुँदै गएको जिकिर गरे। उनले संघीय शासन प्रणाली भनेकै निरन्तर अभ्यासको क्रममा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने पद्धति भएको बताए।

उनले भने, 'सभामुखका रूपमा संघीयता कार्यान्वयनसँग जोडिएका कानूनहरूको निर्माण गर्न मेरो प्रयत्न पनि निरन्तर रही रहेको छ। संघीय शासन प्रणाली भनेकै निरन्तर अभ्यासको क्रममा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने पद्धति हो भन्ने मेरो बुझाइ छ।’ 

सभामुख घिमिरेले विद्यालय शिक्षा, निजामति ऐन, प्रहरी समायोजन जस्ता मुख्य कार्यहरू कार्यान्वयनको चरणमा रहेको उल्लेख गरे। कानून कार्यान्वयनका लागि तीन तहकै सरकारबीच समन्वय अपरिहार्य रहेको उनले स्पष्ट पारे।

प्रकाशित: ४ पुस २०८१ १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App