३० मंसिर २०८१ आइतबार
image/svg+xml
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख सुनिता डंगोल।

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले संस्कृतिको जगेर्ना गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छन्।

आइतबार वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई आर्थिक रुपमा सम्पन्न बनाउन संस्कृतिको जगेर्ना आवश्यक रहेको बताइन्।

देशको संस्कृतिको जगेर्ना गर्न फुटेर नभई सबै जुटेर अघि बढ्नुपर्नेमा उनले जोड दिइन्। ‘हामीले देशलाई आर्थिक रुपमा अघि बढाउन र देशको संस्कृतिको जगेर्ना गरिरहने हो भने फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ। सबै जना एकजुट भएर लाग्नुपर्छ।’ उनले भनिन्।

उपप्रमुख डंगोलले ज्यापु समुदायका विभिन्न संस्कृतिमात्र नभएर नेवारसमुदायभित्र रहेका विभिन्न जातजातिका पर्वहरूको उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गरिन्। साथै सांस्कृतिक महत्त्व बोकेका पर्व, जात्रा सँगसँगै बोलिने भाषा र लेखिने लिपीलाई जीवित राख्नु आजको आवश्यकता भएको उल्लेख गरिन्।

‘ज्यापु समुदायका विभिन्न संस्कृतिमात्र नभएर नेवारसमुदायभित्र रहेका पनि विभिन्न जातजातिका पर्वहरूको उत्तिकै महत्त्वपूर्ण भूमिका छ। यी सबै पर्वलाई हामीले एकजुट भएर मान्ने र देशभरका विभिन्न जातजातिका पर्वहरूलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ। सांस्कृतिक महत्त्व बोकेका पर्व, जात्रा सँगसँगै हामीले बोलिने भाषा, लेखिने लिपीलाई पनि जीवित राख्नु आजको आवश्यकता हो।’ उनले भनिन्।

उपप्रमुख डंगोलले नेपालका संस्कृतिहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्दै लैजानुपर्नेमा जोड दिइन्।

प्रकाशित: ३० मंसिर २०८१ १६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App