१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

६५ वर्षमा दुलहा बने मन्त्री थापा

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा ६५ वर्षको उमेरमा दुलहा बनेका छन्। शुक्रबार उनले कञ्चनपुरकी भावना विष्टसँग विवाह गरेका हुन्। 

विवाहपछि बधाई दिँदै नेपाली कांग्रेसका नेता नारायणप्रसाद साउदले फेसबुकमा लेखेका छन्, ‘मेरा अनन्य मित्र सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री माननीय बहादुर सिह थापा तथा सुश्री भावना बिष्ट वैवाहिक सम्बन्धमा बाँधिनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु। साथै, नवविवाहित जोडीको सुखद र सफल दाम्पत्य जीवनको मङ्गलमय शुभकामना व्यक्त गर्दछु !’ 

थापा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।

प्रकाशित: ३० मंसिर २०८१ ०९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App