१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

बीआरआईले नेपाल–चीन साझेदारी मजबुत बनाउने प्रधानमन्त्री ओलीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना नेपालका लागि अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। 

चीन भ्रमणको क्रममा चाइना मिडिया ग्रुप (सीजीटीएन)सँगको अन्तर्वार्तामा उनले बीआरआईको उद्देश्य साझा समृद्धि र अन्य देशहरूको समग्र विकास प्रवर्द्धन गर्नु भएको उल्लेख गर्दै नेपाल पनि यस परियोजनाको पक्षमा रहेको स्पष्ट पारेका हुन्।  

ओलीले भने, ‘यस पटक हामीले बीआरआई कार्यान्वयन ढाँचामा हस्ताक्षर गर्यौं। यो एक धेरै महत्त्वपूर्ण सम्झौता हो, जुन छाता सम्झौता जस्तै हो। यस अन्तर्गत राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र अन्य सबै क्षेत्रहरू समेट्ने परियोजनाहरू हुनेछन्।’ 

उनले यो सम्झौताले नेपाल र चीनको विकास रणनीति बढाउने मात्रै नभएर स्वास्थ्य र पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने बताएका छन्। 

प्रधानमन्त्री ओलीका अनुसार, बीआरआई परियोजना नेपालमा कार्यान्वयन हुन्छ। उनले यस भ्रमणलाई आफ्नो तेस्रो सफल भ्रमणको रूपमा र विशेष रूपमा फलदायी रहेको बताए।

प्रकाशित: २३ मंसिर २०८१ ०८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App