३ माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

पर्यटनक्षेत्रको विकासले रोजगारी सिर्जना गर्न सकिन्छ: मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विविधतापूर्ण संस्कृति र प्रकृति नेपालको पहिचान भएको बताएका छन्।  

शुक्रबार ललितपुरमा भएको एक कार्यक्रमका बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्। उनले विविधतापूर्ण संस्कृति र प्रकृति मुलुकको पहिचान भएको भन्दै त्यसलाई सरकारले विश्व माझ पुर्‍याउन सक्नुपर्ने बताए।  

उनले विश्वमा मुलुकको विविधतापूर्ण संस्कृति र प्रकृतिलाई चिनाउनसके मात्रै विश्वमा पर्यटकहरू नेपालमा आउने वातावरण बन्ने उल्लेख गरे।  

मन्त्री पाण्डेले भने, “हिमाल, पहाड, तराई र जल, जङ्गल, जडिबुटीलगायत विविध प्रकृतिका उपहारले मुलुक सम्पन्न छ। विविधता पूर्ण संस्कृति र प्रकृति मुलुकको पहिचान हो। त्यसलाई हामीले जति प्रकाशमा ल्याउन सक्यौँ त्यति नै दरिलो बनाउन सकिन्छ।”   

उनले विश्वका लागि नेपाल खुला सङ्ग्राहलय बनाए मात्र नेपालमा रोजगारी सिर्जना गर्न सकिने दाबी समेत गरेका छन्। 

प्रकाशित: २१ मंसिर २०८१ १८:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App