नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले उत्तराधिकारी घोषणा गरेर नहुने बताएका छन् ।
शुक्रबार विराटनगर पुगेका देउवाले सबै कुरा विधि र प्रक्रियाअनुरूप अगाडि बढ्ने उल्लेख गर्दै आफूले उत्तराधिकारी घोषणा गरेर नहुने बताएका हुन् ।
देउवालाई पत्रकारहरूले तपाईंको उत्तराधिकारी गगन थापा हुन् भनेर प्रश्न गरेका थिए । जवाफमा देउवाले भने, 'मैले उत्तराधिकारी घोषणा गरेर कहाँ हुन्छ ? प्रक्रियाअनुसार अगाडि बढ्छ सबै कुरा ।'
उनले संविधान संशोधनमार्फत उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउन सकिने बताए । 'उपराष्ट्रपतिको भूमिका छैन । संविधान संशोधनमार्फत उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउन मिल्छ,' उनले भने ।
यो पनि पढ्नुहोस्
संस्थापन बन्ने दाउमा गगन, सभापतिको तीव्र तयारीमा शेखर
प्रकाशित: २१ मंसिर २०८१ १५:३१ शुक्रबार