१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

राजनीतिमा फर्कने चर्चामा रहेका पूर्व उपराष्ट्रपति पुन भन्छन्: रातो मान्छे भएर उभिन तयार छु

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले आफू रातो मान्छे भएर उभिन तयार रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित गणतन्त्र सेनानी कोषद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन् ।

देशले प्राप्त गरेको उपलब्धिहरू कसैले उल्ट्याउन खोजे आफू फेरि रातो मान्छे भएर उभिन तयार रहेको भनाइ उनको थियो । उनले भने, 'गणतन्त्रको योद्धा भएको कारणले भोलि कुनै प्रतिक्रियावादीहरूले जाल षड्यन्त्र गरेर यसलाई उल्टाउन चाहन्छन्, प्राप्त उपलब्धिहरूलाई फेरि उल्ट्याउन चाहन्छन् भने, समानुपातिक, समावेशी र संघीयतालाई कतै दायाँबायाँ गराउन चाहन्छन् भने म फेरि रातो मान्छे भएर उभिन तयार छु ।’ 

त्यसो त पुन फेरि सक्रिय राजनीतिमा फर्किने चर्चा भइरहेको छ । यसैबीच उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

प्रकाशित: १९ मंसिर २०८१ १६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App