संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गणतन्त्र कोरियाको राष्ट्रिय सभाका संस्कृति, खेलकुद तथा पर्यटन समितिका सभापति जन जे(सू भेट गरेका छन् ।
भेटमा नेपाल र कोरियाबीच नेपाल एअरलाइन्सको सिधा उडान सुरु गर्ने विषयमा छ्लफल भएको थियो । नेपाल एअरलाइन्सको सिधा उडान नहुँदा कोरियामा काम गर्न जाने श्रमिकहरु मर्कामा परेको बारे मन्त्री पाण्डेले कोरियाली प्रतिनिधिलाई जानकारी गराएका थिए ।
मन्त्री पाण्डेले यसवर्ष नेपाल र गणतन्त्र कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव परेको र दुई देशबीचको यस मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवर्द्धन गर्न तत्पर रहेको समेत बताएका थिए ।
मन्त्री पाण्डेले कोरियाली कम्पनी सामसुङ र हुन्डाईले नेपालमा लगानी गरेर मेड इन नेपाल टेलिभिजन सेट उत्पादन गर्न सुरुवात गरेको र गाडी उत्पादन गर्न लागेकोमा खुशी व्यक्त गरे ।
कोरियाली प्रतिनिधि मण्डलले नेपालमा देखिएका समस्या संसदमा उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रकाशित: १८ मंसिर २०८१ १९:४५ मंगलबार