१ माघ २०८१ मंगलबार
image/svg+xml
राजनीति

माओवादी सरकारमा जान लालायित छैन् : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

<br>

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारमा जान हतार नगर्ने बताएका छन्।

 सोमबार सिरहाको गोलबजार नगरपालिका–३ मुसहर्नियामा आयोजित कार्यकर्ता प्रशिक्षण उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

उनले भने, “वर्तमान सरकार ढालेर सरकारमा जान लालायित छैनौँ। मुख्य कुरा परिवर्तन ल्याउन सक्ने गरी मात्र सरकारमा जान्छौं।” पार्टीले यतिबेला सरकारभन्दा पनि पार्टी र सङ्गठन निर्माणलाई जोड दिएको उनको भनाई थियो।  

सो अवसरमा नेता श्रेष्ठले राष्ट्रको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनता जोगाउने कुरालाई पहिलो कार्यभार भनेका छन्। त्यस्तै आन्दोलनको बलमा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउनु दोस्रो कार्यभार हो। मुलुकलाई समृद्धि र समाजवादतर्फ लैजानु, सुशासनको ग्यारेण्टी गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउनु र मुलुकमा पूर्ण समाजवाद कायम गराउनु मुख्य कार्यभार भएको उनले उल्लेख गरेका हुन्।  

सोमबारदेखि सुरु भएको बुधबारसम्म चल्नेछ। प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका सचिव तथा मधेस प्रदेश इन्चार्ज लिलामणि पोखरेल, उपमहासचिव गिरिराजमणि पोखरेल, स्थायी समिति सदस्यद्वय प्रशुराम तामाङ र विश्वनाथ साह तथा वैकल्पिक केन्द्रीय सदस्य चन्देश्वर गडेरीलगायत नेताहरु प्रशिक्षकका रुपमा सहभागी हुनेछन। यस अवधिमा सिरहा जिल्लाका पार्टीका अगुवा कार्यकर्तालाई समसामयिक विषयमा प्रशिक्षिण दिइने जनाइएको छ। रासस

प्रकाशित: १८ मंसिर २०८१ ०८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App