काठमाडौं महानगरपालिका १६ मा सर्वदलीय बैठक जारी छ ।
आइतबार साँझ मतदान सम्पन्न भएको कामपा १६ मा बैठकले सहमति जुनाउनेबित्तिकै मतगणना सुरु गर्ने बताइएको छ ।
मतगणना वडा नं. १६ को वडा कार्यालयमा गरिने छ । अहिले मतपेटिका मतगणनास्थल पुर्याइसकिएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत यो ७ मा पर्छ । यस क्षेत्रबाट २०७९ सालको प्रतिनिधि सभाको चुनावमा रास्वपाका गणेश पराजुली निर्वाचित भएका थिए। उनी अहिले रास्वपाको निर्वाचन संयोजन समितिका संयोजक पनि हुन्।
त्यसैले यहाँ रास्वपाले जित्न सक्ने आकलन गरिएको छ । रास्वपाबाट रोजिना श्रेष्ठ उम्मेदवार छिन् ।
प्रकाशित: १६ मंसिर २०८१ २०:०९ आइतबार