महोत्तरीको रामगोपालपुर वडा नं. २ मा स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ ।
मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाका अनुसार सर्वदलीय बैठकमा सहमति भएपछि साँझ ७ बजेपछि मतगणना सुरु भएको हो ।
रामगोपालपुर नगरपालिका २ मोहनपुरस्थित नेपाल राष्ट्रिय जनता आधारभूत विद्यालय मतदान केन्द्रमा जम्मा १ हजार ५१४ मत खसेको छ ।
अधिकृत कोइरालाका अनुसार बुथ (क) मा ४२४ महिला र ३३१ पुरुष गरी ७५५ मत खस्यो । त्यसैगरी बुथ (ख) मा ३६० महिला र ३९९ पुरुष गरी ७५९ जम्मा १ हजार ५१४ मत खसेको छ ।
जम्मा मतदाता मध्ये ७०.७१ प्रतिशत मत खसेको छ ।
प्रकाशित: १६ मंसिर २०८१ १९:४४ आइतबार