मन्त्रिपरषद्को बैठक जारी छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका सन्दर्भमा छलफल भइरहेको बताइएको छ ।
यद्यपि, उनको भ्रमणलाई यसअघि बसेको मन्त्रिपरिषद् बैठकले नै स्वीकृति प्रदान गरिसकेको छ ।
प्रधानमन्त्री ओली सोमबार (भोलि) बिहान ११ बजे चीनका लागि उड्दैछन् । त्यसअघि उनले बैठक आह्वान गरेका हुन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा बीआरआईको पनि चर्चा छ । यस सम्बन्धमा सत्तासीन दलहरू कांग्रेस र एमालेले शनिबार नै साझा धारणा तय गरेर चीनलाई पठाइसकेका छन् । तर, चीनले जवाफ दिएको छैन ।
कांग्रेस-एमाले बीआरआई अनुदानमा भए मात्रै स्वीकार्ने ठाउँमा आइपुगेका छन् । यही सन्दर्भमा अहिले छलफल भइरहेको बुझिएको छ ।
प्रकाशित: १६ मंसिर २०८१ १९:१३ आइतबार