११ असार २०८२ बुधबार
image/svg+xml
राजनीति

ग्रामथान गाउँपालिकामा ७१.३ प्रतिशत मत खस्यो

स्थानीय तह उपनिर्वाचन अन्तर्गत मोरङको ग्रामथान गाउँपालिकामा ७१.३ प्रतिशत मत खसेको छ।

आइतबार बिहान ७ बजेदेखि सुरू भएको निर्वाचनमा ७१.३ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रामराज पौडेलले जानकारी दिए।

पौडेलका अनुसार ग्रामथानमा २६ हजार ४४ जना मतदाता रहेकोमा १८ हजार ५ सय ७७ जनाले मतदान गरेका छन्। जसमा ९ हजार ६ सय ७७ महिला र ८ हजार ९ सय पुरुषले मतदान गरेको सूचना अधिकारी पौडेलले बताए।

ग्रामथान गाउँपालिकामा मत पेटिका संकलन गरी आइतबार राती देखि नै मतगणना गर्ने तयारी भइरहेको पौडेलले जानकारी दिए। ग्रामथानमा १२ वटा मतदान स्थलमा २९ वटा मतदान केन्द्र राखिएका थिए। मतगणना ग्रामथान गाउँपालिकाको प्रशासनिक भवनमा गर्ने तयारी छ। 

प्रकाशित: १६ मंसिर २०८१ १८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App