२ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

मोरङको ग्रामथानमा ६३ प्रतिशत मत खस्यो

मोरङको ग्रामथान गाउँपालिकामा ३ बजेसम्म ६३ प्रतिशत मतदान भइसकेको छ । पालिकाको अध्यक्ष पदका लागि विभिन्न मतदान केन्द्रमा मतदान शान्तिपूर्ण भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

मतदानस्थलमध्ये ग्रामथान–१ को खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालयमा ५ सय ८७, लखन्तरीस्थित वीरेन्द्र माविमा १ हजार ७ सय ६३, ग्रामथान–२ झोराहाटस्थित सरस्वती माविमा १ हजार २ सय ९५, वडा कार्यालयमा १ हजार ४ सय ९, ग्रामथान–३ को सिद्राहास्थित वाणी माविमा १ हजार ६१ र भौसाबाडीस्थित राधाकृष्ण आधारभूत विद्यालयमा ९ सय २५ मत खसेको छ ।

त्यस्तै, ग्रामथान–४ को मोतीपुरस्थित लोहन्द्रा आधारभूत विद्यालयमा १ हजार १ सय ९२, लोहासुरस्थित महेन्द्र माविमा १ हजार ३ सय १३, ग्रामथान–५ को तेतरियास्थित देवी माविमा २ हजार ७ सय ५४, ग्रामथान–६ को रविहाटस्थित पब्लिक माविमा २ हजार २ सय ८४, ग्रामथान–७ को धोवियारेस्थित गणेश माविमा १ हजार ३ सय ४५ र बनिगास्थित सरस्वती आधारभूत विद्यालयमा ५ सय ५४ खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

मोरङको ग्रामथान गाउँपालिकामा मतदान गर्नेमा पुरुषभन्दा महिलाको संख्या धेरै रहेको छ । अपराह्न ३ बजेसम्मको तथ्यांक अनुसार पुरुषभन्दा झन्डै १ हजार बढी महिला मतदानमा सहभागी भएका हुन् ।

उपनिर्वाचन साँझ ५ बजेसम्म मतदान जारी रहने जनाइएको छ ।

प्रकाशित: १६ मंसिर २०८१ १५:५० आइतबार

#स्थानीय तह उपनिर्वाचन