७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विकास निर्माणको काममा सेनाको भुमिका प्रशंसनीय: मन्त्री राई

<br>

रक्षा मन्त्री मानवीर राईले नेपाली सेनाले विकास निर्माणका कामहरू प्रभावकारी रुपमा सम्पन्न गरिरहेको बताएका छन्।

मंगलबार रक्षा मन्त्रालयको चौमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले यस्तो कुरा बताएका हुन। उनले नेपाली सेनाले फास्ट ट्र्याक, कोरिडोर निर्माण, विश्वविद्यालय निर्माण, चुरे संरक्षणका साथै विपद्मा राहत र उद्धारका कार्य समेत गरिरहेको जानकारी गराए।

हाल नेपाली सेनाले तातोपानी क्षेत्रमा बेलीब्रिजहरु बनाइरहेको मन्त्री राईको भनाइ छ। उनले सिमिकोटमा तत्काल बाटो जोड्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट जिम्मेवारी दिइएको उल्लेख गर्दै सेनाको नेतृत्वमा रक्षा मन्त्रालयले उक्त काम गरिरहेको जानकारी दिए। मन्त्री राईले  काठमाडौँ–तराई मधेस जोड्ने द्रुतमार्गमा खोकना क्षेत्रमा देखिएका समस्याहरूको समाधान पूर्णपुरले नभइसकेको उल्लेख गर्दै छिटै भौगोलिक निरीक्षण गरेर निष्कर्षमा पुग्ने बताए। 

विश्व शान्ति अभियानमा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्दै मन्त्री राईले उक्त कामका लागि नेपाली सेनालाई धन्यावाद समेत दिए । उनले विकास निर्माणका महत्त्वपूर्ण कामहरू छिटोभन्दा छिटो सक्नुपर्नेमा सबै एकमत हुनुपर्ने जिकिर गरे। आफूले मन्त्रालय सम्हालेको पहिलो तीन महिनामा प्राकृतिक विपद् र चाडबाडका बाबजुद पनि सकारात्मक कामको थालनी भएको उल्लेख गर्दै मन्त्री राईले अबको सय दिनमा महत्त्वपूर्ण काम गर्ने दाबी गरे। 

प्रकाशित: ४ मंसिर २०८१ १६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App