११ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

अघिल्लो सरकारले आइटी दशक घोषणा गर्‍यो, तर बजेट शून्य: मन्त्री गुरुङ

.

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गरी राज्यप्रति विश्वास हुने वातावरण सिर्जना गर्ने काममा लागिरहेको बताएका छन्।

बिहीबार काठमाडौंमा स्टार्टअप एण्ड मिडिया फेस्ट-२०२४ को उद्घाटन गर्दै उनले नेपालमा भन्ने एउटा र गर्ने अर्को परिपाटीले युवाहरुमा निराशा छाएको बताए। सोही कारण युवाहरू विदेश पलायन भइरहेको भन्दै त्यो अवस्थाको अन्त्य गर्नुपर्ने जोड दिए।

उनले अघिल्लो सरकारले आइटी दशक घोषणा गरेको भएपनि बजेट शून्य रहेको सुनाए। कृषिमा प्रविधिको दशक सुरु भएको घोषण गरेको तर बजेट शून्य रहेको भन्दै सरकारका यस्ता गतिविधिका कारण युवाहरू विदेश पलायन भइरहेको उनको तर्क थियो।

सरकारले नेपाललाई सूचना प्रविधिको हबको रुपमा र सूचना प्रविधिलाई उद्योगको रुपमा विकास गर्न र सूचना प्रविधि उद्योगको विशेष आर्थिक क्षेत्र विकास गर्न चाहेको बताए।

‘नेपाल सरकार नेपाललाई सूचना प्रविधिको हबको रुपमा र सूचना प्रविधिलाई उद्योगको रुपमा विकास गर्न र सूचना प्रविधि उद्योगको विशेष आर्थिक क्षेत्र विकास गर्न चाहन् । यो अहिलेसम्म गफै हो। अहिलेसम्म भन्नेकुरा गफै हो। लोकरिझ्याईंको लागि बोलेको कुरा मात्रै हो। मैले किन त्यसो भनेको म आफैँ त्यहाँ बसेर ? आइटी दशक सुरु भयो भने पोलिसीमा बोल्छ हाम्रो सरकार तर आइटी दशक सुरु भएको आइटी क्षेत्रको बजेट शून्य छ। त्यसैले मान्छेलाई मन पराउने नीति कार्यक्रम, भन्दा भाषण गर्दा मात्रै राम्रो र ताली बजाओस् भनेर लोकरिझ्याईंको लागि बोल्दियो। कृषिमा प्रविधिको दशक सुरु भयो भन्छ, कृषि मन्त्रालयको बजेट दुई, तीन अर्ब नै घटिरहेको छ।  त्यसैले नेपालमा प्रतिफल नआएको हो। युवाहरू विश्वास नलागेर भागिरहेका हुन्। यो चिज अब हामीले अन्त्य गर्नुपर्छ।’

मन्त्री गुरुङले ०८४ अगाडिका ३ वर्षमा ३ लाख आइटी क्षेत्रबाट रोजगारी सिर्जना गर्ने कुरामा मन्त्रालय लाग्ने घोषणा गरे।

प्रकाशित: २९ कार्तिक २०८१ १४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App