१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

माओवादीले जुम्लाका ६० वडामा आज एकसाथ खबरदारी सभा गर्दै

नेकपा माओवादी केन्द्र, जुम्लाले जिल्लाका सबै वडामा एक साथ खबरदारी सभा गर्दै छ। भ्रष्टाचार, बेथिती, विसंगती न्यूनिकरणमा सरकार लाचार भएको भन्दै माओवादी केन्द्रले स्थानीयस्तरमा खबरदारी सभा गर्न लागेको हो। 

खबदारी सभाको लागि हरेक वडामा नेता खटाइएको माआवादी केन्द्र जुम्लाले जनाएको छ। ६० वटा वडामा कमाण्डर खटाई खबरदारी गर्दै सरकारलाई सही बाटोमा ल्याउने पहलस्वरुप कार्यक्रम गर्न लागिएको जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य नरेश भण्डारीले बताए। 

भ्रष्ट्राचार, बेथिति, विसंगति विरुद्ध निर्मम कदम चाल्नुपर्ने बर्तमानको टडकारो आवश्यकतालाई वेवास्ता गर्दै सरकार स्वयं अर्बौको विद्युतको बक्यौता नतिर्ने पुजीपतिहरुको पक्षपोषण गर्नुले सरकारको नियत उदाङ्गो भएको भण्डारीको आरोप छ। राष्ट्रको ढुकुटी मनपरी खर्च गरेर देशमा वैदेशिक ऋण अकल्पनीयढंगले थोपर्ने काम भईरहदा आफुहरु चुप लागेर नबस्ने भण्डारीले बताए। 

देशभक्त, प्रगतिशील, क्रान्तिकारी जनसमुदायले एकतावद्ध भएर प्रतिरोध गर्नुको विकल्प नभएको भन्दै नागरिक जागरुकताका लागि सभा गर्नुपरेको माओवादीको भनाइ छ। 

६० वटै वडामा दिउँसो साढे १२ बजे एकसाथ खबरदारी सभा आयोजना गर्ने कार्यक्रम तय गरिएको जिल्ला पार्टी संयोजक नवराज न्यौपानेले बताए। 

प्रकाशित: २९ कार्तिक २०८१ ०७:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App