७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ताप्लेजुङको वडापालिका उपनिर्वाचनमा एक हजार ५ सय बढी मतदाता

आउँदो मंसिर १६ गते ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षका लागि हुने उपनिर्वाचनमा १ हजार ५ सय बढी मतदाता हुने भएका छन्। 

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज(विपिन)दुलालका अनुसार कुञ्जारी मतदानस्थलमा १ हजार २६ जना र ओसे मतदान स्थलमा ५ सय २ जना गरी कूल १ हजार ५ सय २८ जना मतदाता हुने देखिएको हो । यद्यपी,मतदाताको आधिकारिक तथ्याङ्क भने निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशित गर्दा मात्र यकिन हुने छ। 

निर्वाचन आयोगले कात्तिक २६ गते अगावै मतदाता नामावली प्रकाशित गर्ने तयारी गरेको छ।बैदेशिक रोजगारीमा गई २०८० साल कात्तिक २४ गते देखि वडामा अनुपस्थित रहेका वडाध्यक्ष दिलप्रसाद बोखिमले २०८१ साल असोज १८ गते हङकङबाटै राजीनामा पत्र पठाएपछि उपनिर्वाचन हुन लागेको हो।

स्थानीय तहको उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता हुने कार्यतालिका छ।मंसिर १३ गते राति १२ बजेपछि देखि मौन अवधि सुरु हुने कार्यतालिका छ ।

प्रकाशित: १९ कार्तिक २०८१ ११:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App