१४ कार्तिक २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीले मंसिर १७ देखि चीन भ्रमण गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि उत्तरी छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन्।प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार मंसिर १७ देखि २० गतेसम्म प्रधानमन्त्री ओलीले चीनको औपचारिक भ्रमण गर्ने तयारी गरेका हुन्।

भ्रमणका लागि चीन सरकारले निम्ता पठाइसकेको छ। यसको तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ।प्रधानमन्त्रीको चीन भ्रमण अघि परराष्ट्रमन्त्री डा आरजु देउवा प्रधानमन्त्रीको भ्रमण तयारीका लागि चीन जाने स्रोतले जनाएको छ।

‘प्रधानमन्त्रीज्यूको चीन भ्रमणको औपचारिक मिति तय भएको छ, चीन सरकारले कुनै कारणवश मिति फेरबदल गरेन भने यही मितिमा प्रधानमन्त्रीको चीन भ्रमण हुनेछ’, प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले भने।

चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले बेल्ट एन्ड रोड (बीआरआई)परियोजनाको अघि बढाउने, किमाथाङ्का, कोरोला,हिल्सा नाका सुचारु गर्ने विषयमा छलफल हुने बताइएको छ। बहुप्रतिक्षित सिगात्से–केरुंग–काठमाण्डौ रेल्वेको कामलाई तदारुकता दिने,पोखरा एअरपोर्टको ऋण मिनाहा तथा बीआरआईलाई अनुदानमा परिणत गर्ने विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: १४ कार्तिक २०८१ १२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App