६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
राजनीति

संघीय निजामती विधेयक संसदको आगामी अधिवेशनबाट पारित हुन्छ: मन्त्री गुप्ता

सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले संसदमा विचाराधीन संघीय निजामती सेवा विधेयक छिट्टै पारित गर्ने बताएका छन्।

मंगलवार अपरान्ह सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो सय दिनको कामको उपलब्धि सार्वजनिक गर्ने क्रममा उनले सो आश्वासन दिएका हुन। सो ऐनलाई छिट्टै पारित गर्नका लागि राजनीतिक दलका नेतृत्वसँग पुनः छलफललाई तीव्रता दिइएको र सकारात्मक सहयोग पनि पाइएको उल्लेख गर्दै मन्त्री गुप्ताले सो विधेयक छिट्टै ल्याउने आश्वासन दिए।

उनले सो विधेयक संसदका आगामी अधिवेशनमा पारित गर्ने तयारीमा आफू रहेको पनि बताए। मन्त्री गुप्ताले सो विधेयक आफ्नो पहिलो प्राथमिकतामा रहेको पनि दोहो¥याए। संसदका आगामी अधिवेशनबाट पारित हुने उनले बताए।उनले संविधान र स्थानीय सरकार संचालन ऐन संशोधनका लागि अर्थ मन्त्रालयमा राय लिने काम सकिएको र कानुन मन्त्रालयले स्वीकृति पाएपछि त्यसलाई पनि अघि बढाउने बताए। 

मन्त्री गुप्ताले कर्मचारी सरुवा मापदण्ड लागू गर्ने काममा पनि ढिलाइ नहुने जानकारी दिए। उनले सो मापदण्डको मस्यौदा सुझावका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको र त्यसको आउने बित्तिकै लागू गर्ने काम सरकारले गर्ने बताए। मन्त्री गुप्ताले आफूले निजामती कर्मचारी अस्पताल क्यान्सर रोगको उपचारको थालनी गरेको, निजामती कर्मचारीहरूको अभिलेख डिजिटलाईज गरिएको, प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको ठाउँमा वरिष्ठ कर्मचारीलाई निमित्त दिने व्यवस्था गरेको लगायतका २५ बुँदे कामहरूको पनि वितरण सार्वजनिक गरे।

स्थानीय तहमा वडाको केन्द्र र सिमाना हेरफेर सहज तरिकाले सहजीकरण गर्नका लागि आवश्यक कार्यविधिको पनि मस्यौदा तयार परिएको मन्त्री गुप्ताको सय दिनको मुख्य उपलब्धिको रुपमा उल्लेख गरिएको छ। 

प्रकाशित: ६ कार्तिक २०८१ १७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App