अनेरास्ववियू (क्रान्तिकारी), क्याम्पस जिल्ला समिति र प्राविधिक जिल्ला समितिले नेकपा एमालेको पार्टी कार्यालय निर्माणार्थ १ रुपियाँ सहयोग संकलन गरेको छ।
काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पस अगाडी पदर्शन गर्दै एक रुपियाँ सहयोग संकलन अभियान सुरु गरेको हो।
एमालेले कीर्तिपुरमा भाटभटेनीका सञ्चालक व्यावसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बनाउन थालेपछि उनीहरुले विरोध जनाउँदै एक रुपियाँ संकलन अभियान चालएका हुन्।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि एक रुपियाँ संकलन गरेर विरोध जनाएको थियो।
प्रकाशित: ४ कार्तिक २०८१ १३:११ आइतबार