६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

दसैंले नेपालीबीचको एकतालाई सुदृढ बनाउने-सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैंले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको उल्लेख गरेका छन्। बडादसैंका अवसरमा शुभकामना व्यक्त गर्दै उनले यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रूपमा मनाउँदै आएको बताए।

दसैंको पूर्वसन्ध्यामा बाढी, पहिराको प्रकोपले मुलुक नै आक्रान्त हुन पुगेको उल्लेख गर्दै देउवाले हजारौँ नागरिक घरवारविहीन हुन पुगेको बताए। मुलुकका अर्बौंका राष्ट्रिय पूर्वाधार नष्ट भएका छन्। दसैंमा मान्यजनबाट आशिष लिन र आफन्तसँग भेटघाट गर्नका लागि गाउँघर फर्कन कठीन अवस्था सिर्जना भएको छु, उनले भनेका छन्, हजारौँ नागरिकका करोडौँका जग्गाजमिन र भित्र्याउने बेला भएका अन्नबाली सखाप भएका छन्। यो विपत्तिका समयमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु।

नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो। हामीमा नीहित बन्धुत्व भावले यी विविधताबीचमा पनि अनुपम एकता कायम गरेको उनको भनाइ छ । विविधताबीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो। दसैँ हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व भएको बताउँदै उनले यो पर्वले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने उल्लेख गरेका छन्।

प्रकाशित: २४ आश्विन २०८१ ११:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App