२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

शेरबहादुर मेरा अप्ठ्यारा र अँध्यारा दिनका साथीः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा आफ्ना ५० वर्षदेखिका पुराना मित्र भएको बताएका छन् ।

बुढानिलकण्ठ–१, मुहानपोखरीमा नवनिर्मित रिसोर्टको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री देउवा अप्ठ्यारा र अँध्यारा दिनमा भेटेका साथी भएको उल्लेख गरे । आफूहरुले जेलमा रहँदा देखेको लोकतान्त्रिक, सुन्दर र सभ्य समाजको लक्ष्यलाई साकार पार्न सभापति देउवासँग अहिले राजनीतिक सहकार्य गरिएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।  

कार्यक्रममा प्रधानमन्त्री ओलीले रिसोर्टले मुलुकको पर्यटन, रोजगारी र सेवा क्षेत्र बढाउने भएकाले यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार हुनुपर्ने बताए । उनले पैसा भएपछि त्यसको सदुपयोग र नयाँ सोचसहित उद्यमशीलता र व्यासायिकताको विकास हुने गरी काम गर्नुपर्ने बताउँदै यस्ता होटेलले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । मुलुकमा दुई अन्तर्राष्ट्रिय विमानस्थललाई राम्रोसँग चलाएपछि पर्यटन क्षेत्र थप मजबुद हुने उनको भनाइ थियो ।  

पूर्व प्रधानमन्त्री देउवाले सुन्दर ठाउँमा स्थापित अन्तर्राष्ट्रिय चेन होटलका रुपमा रहेको सो रिसोर्टको अत्याधिक प्रचारप्रसार गरेर पर्यटक भित्र्याउनुपर्ने बताए ।  

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको आकाश सुरक्षित छ भन्ने सन्देशसहित पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताए ।  

अध्यक्ष विनिता थापा खड्काले बीस रोपनी जग्गामा तीन अर्ब ५७ करोडको लगानीमा १०४ कोठायुक्त सो रिसोर्ट निर्माण भएको जानकारी दिइन् । 

प्रकाशित: २३ आश्विन २०८१ १९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App